आन्तरिक रोजगारी सिर्जना नगरे आर्थिक विकास सम्भव छैन : मन्त्री भण्डारी

हिमाल प्रेस ३ पुष २०८१ २०:५७ | Wednesday, December 18, 2024
आन्तरिक रोजगारी सिर्जना नगरे आर्थिक विकास सम्भव छैन : मन्त्री भण्डारी

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा आन्तरिक रोजगारी सिर्जना नगरेसम्म आर्थिक विकास नहुने बताएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२४ मूल समारोह समितिद्वारा आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगार दशकका रूपमा मनाउन लागिएको जानकारी दिए।

उनले भने, ‘विदेशमा सिकेर आएकासँग ज्ञान छ, क्षमता छ, उनीहरूको ज्ञानलाई उपयोग गरेर मुलुकको विकासमा लगाउनुपर्छ।’

‘सुरक्षित आप्रवासनको आधार, सूचना, सीपसहितको रोजगार’ भन्ने मूल नाराका साथ मन्त्रालयले साताव्यापीरूपमा दिवस मनाइरहेको छ। मन्त्री भण्डारीले सारा युवा पलायन भइसके, मुलुक खाली भइसक्यो भन्ने भाष्य तथ्याङ्कले स्थापित नहुने दाबी गरे।

उनले कैयौँ युवा विदेशबाट सीप सिकेर मुलुकमा उदाहरणीय काम गरिरहेको र सीप सिकेर गएकाले विदेशमा पनि राम्रो काम गरिरहेको बताए। विदेशबाट फर्किएकाहरु विभिन्न रोगबाट प्रभावित रहेको उल्लेख गर्दै त्यस विषयमा अध्ययन भइरहेको र त्यसको रिपोर्टका आधारमा टेलिमेडिसिनलगायतका कार्यक्रम सञ्चालन गरिने उगले उल्लेख गरे।

मन्त्री भण्डारीले मौद्रिक नीतिमार्फत सरकारले वैदेशिक रोजगारीमा बिना धितो ऋण दिने घोषणा गरिएको र त्यसका लागि कार्यनीति बन्दै गरेको जानकारी गराए। उनले अनलाइबाट श्रम स्वीकृति दिने व्यवस्थालाई उच्च प्राथमिकता दिन पनि अनुरोध गरे।

कार्यक्रममा श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले हाल एक सय ११ मुलुकमा नेपाली गएको बताउँदै वैदेशिक रोजगारीले ग्रामिण क्षेत्रको जिविकोपार्जनमा सुधार, शिक्षा, स्वास्थ्य र घरजग्गा लगानीमा बढोत्तरी भए पनि श्रमशक्ति घटाएको बताए।

प्रकाशित: ३ पुष २०८१ २०:५७ | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast