सुनचाँदीको मूल्य घट्यो

हिमाल प्रेस ५ पुष २०८१ १२:२२ | Friday, December 20, 2024
2
SHARE
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक हजार सात सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

यसदिन चाँदीको मूल्य प्रतितोला एक हजार सात ६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो।

प्रकाशित: ५ पुष २०८१ १२:२२ | Friday, December 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast