आज पनि घट्यो नेप्से

हिमाल प्रेस ७ पुष २०८१ १६:१० | Sunday, December 22, 2024
आज पनि घट्यो नेप्से

काठमाडौँ- आइतबार सेयर बजार (नेप्से) परिसूचक १३.५३ अंकले घट्यो। पछिल्लो समय बजार लगातार घट्दै गएको छ। आइतबार पनि तीव्र उतारचढावका बिच बजार घट्दा परिसूचक २५८३.२९ बिन्दुमा झरेको छ।

आइतबार १५४ कम्पनीको मूल्य घट्यो। यसमध्ये सप्तकोशी विकास बैंक, माईखोला हाइड्रो, गरिमा विकास बैंक लगायत कम्पनीको मूल्य सबैभन्दा धेरै घट्यो। तर ८४ कम्पनीको मूल्य बढेको छ। आइतबार सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्याग्दी हाइड्रोपावर र सुपरमादी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पिपुल्स पावर लिमिटेडको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

आइतबार कुल ३१९ कम्पनीको सेयर खरिदबिक्री भयो। ९१ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५१ करोड ८३ लाख मूल्यको सेयर कारोबार भएको छ। आइतबार उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखियो। यो उपसमूहको सूचक १.५७ प्रतिशतले बढेको छ।

प्रकाशित: ७ पुष २०८१ १६:१० | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast