काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशभरको मौसम सामान्यतया सफा रहेको जनाएको छ।
तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया: सफा रहनेछ।
आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। भोलि र पर्सि पनि देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
प्रकाशित: २९ मंसिर २०८१ ६:३५ | Saturday, December 14, 2024
प्रतिक्रिया




