 
                             
                                            काठमाडौँ- वैदेशिक रोजगार विभागले आजदेखि वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गरेको छ। वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिममा औंठाछाप हाजिरी लिँदा अनियमितता भएको भन्दै ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू भएको विभागले जनाएको छ।
गत कात्तिकमा सञ्चालनमा ल्याउने भनिएको प्रणालीमा समस्या उत्पन्न भएपछि आजबाट लागू गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर क्षेत्रीले जानकारी दिए। सबै तयारी पूरा भएकाले आजदेखि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू भएको उनले बताए।
विभागले गत १५ असोजदेखि उक्त प्रणाली नमुना परीक्षण गरेको थियो। दसैंपछि अर्थात् २९ असोजदेखि प्रणाली अनिवार्य रूपमा प्रयोगमा ल्याउने भन्दै सोहीअनुसारको तयारीमा रहन अभिमुखीकरण व्यवसायीहरूलाई आग्रह गरेको थियो। तर प्रविधिक समस्या भएका कारण त्यही बेला रोकिएको थियो।
१४३ अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारलाई वैदेशिक रोजगारीमा उड्नु अगाडि अभिमुखीकरण तालिम दिने गरेका छन्। आजदेखि सबै संस्थामा ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू भएको विभागले जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![रोजगारका लागि कुन देशमा कति जान्छन् नेपाली [तथ्यांकसहित]](https://himalpress.com/wp-content/uploads/chunck/03/baideshik_rojgar_1654867096.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 