तनहुँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्न सक्ने गरी संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन्।
तनहुँको आँबुखैरेनी गाउँ कमिटीको सम्मेलन एवं खबरदारी सभामा आज (मंगलबार) उनले २०८४ को निर्वाचनमा पार्टीलाई एक्लै प्रतिस्पर्धा गर्न सक्ने बनाउन सबैलाई पार्टी निर्माणमा लाग्न आग्रह गरे।
उपमहासचिव पुनले हालै सम्पन्न उपनिर्वाचनले त्यसको पुष्टि गरिसकेको र एक्लै प्रतिस्पर्धा गर्दा पार्टी झनै लोकप्रिय रहेको देखिएको बताए।
प्रकाशित: २५ मंसिर २०८१ २१:४० | Tuesday, December 10, 2024
प्रतिक्रिया




