आंशिक र ग्रेडवृद्धि परीक्षार्थीका लागि कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम म्याद थप

हिमाल प्रेस २८ मंसिर २०८१ ८:५२ | Friday, December 13, 2024
आंशिक र ग्रेडवृद्धि परीक्षार्थीका लागि कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम म्याद थप

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूका लागि कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्ने म्याद थप गरेको छ।

मंसिर २७ गतेभित्र रकम दाखिला गरी पुस २ गतेभित्र सम्बन्धित विद्यालयमार्फत राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम बुझाउन अनुरोध गरिएकोमा उक्त समयभित्र विविध कारणले फाराम भर्न छुट भएका विद्यार्थीहरूका लागि पुस १२ गतेभित्र रकम दाखिला गरी पुस १९ गतेभित्र फाराम बुझ्ने/बुझाउने गरी म्याद थप गरिएको बताइएको छ।

प्रकाशित: २८ मंसिर २०८१ ८:५२ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast