आँबुखैरेनीमा चितुवाको त्रास

हिमाल प्रेस ३० मंसिर २०८१ ९:४३ | Sunday, December 15, 2024
आँबुखैरेनीमा चितुवाको त्रास प्रतिनिधिमूलक तस्बिर

तनहुँ- आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन्। पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताए।

स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उनले जानकारी दिए। साथै उनले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन्। यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको थियो।

गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई लामो समयसम्म रूखमा देखिएकोे स्थानीय प्रशन्न अधिकारीले बताए।

यसैबीच, वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ‍।

प्रकाशित: ३० मंसिर २०८१ ९:४३ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast