अभिभावकविहीन ९४ बालबालिकालाई गाउँपालिकाको भत्ता

हिमाल प्रेस ३० मंसिर २०८१ १०:३६ | Sunday, December 15, 2024
अभिभावकविहीन ९४ बालबालिकालाई गाउँपालिकाको भत्ता

डडेल्धुरा- नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ।

आर्थिक वर्ष २०७४/७५ देखि गाउँपालिकाले उक्त भत्ता प्रदान गर्दै आएको हो। पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही एक हजार प्रदान गरिएको हो।

त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ। भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ। गाउँपालिकाले राहत तथा उद्धारकोषमार्फत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो।

प्रकाशित: ३० मंसिर २०८१ १०:३६ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast