 
                             
                                            काठमाडौँ- अफगानिस्तानले एसीसी यु-१९ एसिया कपमा नेपालसामू १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ। यूएईको सारजहा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनको योगफल तयार पार्यो।
अफगानिस्तानका लागि फैसल शिनोजादाले ६७ बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे। यसैगरी खतीर स्तानिकजाइले १५, बर्खत इब्राहिमजाइले १२, एएम घनजफरले ११ र नासिर खान मारुफखिलले १० रन बनाए।
नेपालका लागि युनिशविक्रम ठकुरी र सन्तोष यादवले तीन तथा कप्तान हेमन्त धामी र अभिषेक तिवारीले समान दुई विकेट लिए। प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली सान्त्वना जितको लक्ष्यमा छन्।
यसअघि दुवै टोली श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए।
                            प्रकाशित: १८ मंसिर  २०८१ १३:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 