अफगानिस्तानमा कोइला खानी भत्किँदा ३२ मजदुर फसे, उद्धार गरिँदै

हिमाल प्रेस ३० मंसिर २०८१ १९:२३ | Sunday, December 15, 2024
अफगानिस्तानमा कोइला खानी भत्किँदा ३२ मजदुर फसे, उद्धार गरिँदै

काबुल (रासस/एएफपी)- अफगानिस्तानको उत्तरी भेगमा एक कोइला खानी भत्किँदा ३२ खानी मजदुर फसेको एक प्रादेशिक अधिकारीले आइतबार बताएका छन्। उनले अधिकारीहरूले घन्टौँदेखि फसेकाहरूलाई उद्धार गर्न प्रयास गरिरहेको जानकारी दिए।

समंगन प्रान्तको दारा–ए सोफ पाइन जिल्लाको खानी शनिबार राति भत्किएको समंगनका गभर्नरका प्रवक्ता इस्मत मुरादीले जानकारी दिए।

‘बत्तीस जना फसेका छन् र तीमध्ये कति जना मरेका छन् वा जीवित छन् भन्ने स्पष्ट छैन,’ उनले भने ‘उत्खननकर्ता र उद्धारकर्ताहरूले बिहानदेखि काम गरिरहेका छन् तर खानीको ढोका अझै खोल्न सकिएको छैन।’

कोइलासँगै अफगानिस्तानमा सङ्गमर्मर, खनिज, सुन र रत्नको उत्खनन गरिन्छ। तर मजदुरहरू प्रायः उचित उपकरण वा सुरक्षा गियर बिना प्राथमिक खाडलहरूमा काम गर्छन्।

सन् २०२२ फेब्रुअरीमा उत्तरी प्रान्त बघलानमा कोइला खानी भत्किँदा फसेका कम्तीमा १० खानी मजदुरको मृत्यु भएको थियो।

सन् २०२० जुनमा समंगनको एउटा खानीमा ग्यास विस्फोट हुँदा गुफामा पसेका सात खानी मजदुरको मृत्यु भएको थियो।

एक वर्षअघि बदाखसान प्रान्तमा सुनको खानी भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो। त्यहाँ गत वर्ष जनवरीमा अर्को सुन खानी भत्किएको थियो। उक्त दुर्घटनामा मृत्यु कति जनाको भयो भन्ने अहिलेसम्म खुलेको छैन।

प्रकाशित: ३० मंसिर २०८१ १९:२३ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast