राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

हिमाल प्रेस १५ मंसिर २०८१ १९:२०
8
SHARES
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतलनिवासमा शनिबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।

उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री आरज़ु देउवा पनि भेटवार्तामा सहभागी थिइन्। भेटका क्रममा परराष्ट्रमन्त्री राणाले आफूले गरेको चीन भ्रमणबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन्।

मंसिर १७ गतेदेखि २० गतेसम्म हुने चीन भ्रमणका लागि प्रधानमन्त्री ओली सोही दिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १५ मंसिर २०८१ १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast