जनकपुरविरुद्ध विराटनगर १२७ रनमा ‘अलआउट’

हिमाल प्रेस १५ मंसिर २०८१ १४:०५
4
SHARES
जनकपुरविरुद्ध विराटनगर १२७ रनमा ‘अलआउट’

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १२८ रनको सामान्य लक्ष्य प्रदान गरेको छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ रोजेको विराटनगरले १८ दशमलव ६ ‌ओभरमा अलआउट हुँदै १२७ रन मात्र बनाउन सक्यो। विराटनगरका लागि ओपनर गप्टिलले एनपीएलको इतिहासमा नै पहिलो अर्धशतक ३६ बलमा पूरा गरेका थिए। गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाए।

गप्टिल जनकपुरका अन्तर्राष्ट्रिय खेलाडी हर्ष ठाकरको बलमा अनिल शाहबाट समातिए। अकिब इल्यासले १८ बलमा १५ रन जोडे। एक समय ७६ मा २ विकेट गुमाएर बलियो स्थितिमा रहेको विराटनगरले रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो। विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

जनकपुरका लागि ललितनारायण राजवंशीले एनपीएलको आफ्नो पहिलो बलमा सहित ३ विकेट लिए। किशोर महतो र हर्ष ठाकरले समान २ विकेट लिए। बेन माइक र मोहम्मद मोहसिनले समान १ विकेट लिए।

प्रकाशित: १५ मंसिर २०८१ १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast