यी विषयमा हुनेछ ओली र सीबीच उच्चस्तरीय भेटवार्तामा छलफल

हिमाल प्रेस १५ मंसिर २०८१ ११:१७
12
SHARES
यी विषयमा हुनेछ ओली र सीबीच उच्चस्तरीय भेटवार्तामा छलफल

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच उच्चस्तरीय भेटवार्ता हुने भएको छ।

नेपालको परराष्ट्र मन्त्रालय र चीनको परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ प्रधानमन्त्री ओलीको भ्रमणको कार्यसूची सार्वजनिक गर्दै प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबिच उच्चस्तरीय वार्ता हुने जानकारी दिएका छन्।

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणका लागि यही मङ्सिर १७ गते त्यसतर्फ प्रस्थान गर्दैछन्। सोही भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबिच उच्चस्तरीय भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति सीसँग दुई देशको सम्बन्धलाई नयाँ आयाम दिने गरी छलफल हुने सम्भावना छ। राष्ट्रपति सीको बहुआयामिक परिकल्पनाका रूपमा रहेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स परियोजनामा दुई देशको विकासलाई समृद्धिसँग जोडेर अगाडि बढ्नुपर्ने विषयमा अघिल्लो कार्यकालको भ्रमणमा भएका सहमति र समझदारीलाई कार्यान्वयनमा उतार्ने विषयमा पनि दुई उच्च नेतृत्वबिच छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीको चीन भ्रमण र राष्ट्रपति सीसहित बेइजिङमा हुने उच्चस्तरीय वार्ताको तयारी उच्चस्तरमा भइरहेका दुई मन्त्रालयले प्रस्ट पारेका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीको चार दिनको औपचारिक चीन भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र लीबिच द्विपक्षीय भेटवार्ता हुने कार्यसूची छ। सो भेटवार्तामा आपसी हित तथा दुई देशको सहकार्यलाई थप प्रगाढ बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै कार्यसूची अनुसार प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि छुट्टै भेटवार्ता हुने छ।

चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमणको औपचारिक घोषणा गर्दै त्यहाँका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा यो भ्रमण हुन लागेको जानकारी दिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले प्रधानमन्त्री ओलीको चारदिने भ्रमणका बारेमा जानकारी दिएका छन्।

प्रकाशित: १५ मंसिर २०८१ ११:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast