काठमाडौँ- एसीसी यू–१९ एसिया कपमा नेपाल श्रीलंकासम्म ५५ रनले पराजित भएको छ। यूएईको सारजाह क्रिकेट मैदानमा श्रीलंकाले नेपाललाई ५५ रनले पराजित गरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा २३३ रन बनाएको थियो। २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रन बनाएर अलआउट भयो।
नेपालका लागि मयान यादवले सर्वाधिक ६१ रन बनाए। आकाश त्रिपाठीले १९, अर्जुन कुमालले १२, सन्तोष यादवले ११, नरेन भट्टले १२, रोशन विश्वकर्माले ५, उत्तम मगरले १७ र नरेन साउदले १६ रन जोडे।
श्रीलंकाका लागि प्रवीण मनिसाले ३, कुगदास मथुलन र विहास थेविमिकाले २–२ विकेट लिए। त्यस्तै न्युटन रञ्जीतकुमार, विरान चामुन्डिताले १–१ विकेट लिए।
श्रीलंकाका लागि सरूजान सन्मुगन्थनले सर्वाधिक ६२ रन बनाए। त्यस्तै लाक्भिन अभयसिंगेले ५०, कविजा गाम्गेले ३७ र विमाथ दिनसाराले २४ रन जोडेका थिए।
नेपालका लागि सन्तोष यादवले ४, युवराज खत्रीले २ र हेमन्त धामी तथा नरेन साउदले १–१ विकेट लिएका थिए।