हनी ट्रयापमा संलग्न तीन जना पक्राउ

हिमाल प्रेस १३ मंसिर २०८१ १३:५२
12
SHARES
हनी ट्रयापमा संलग्न तीन जना पक्राउ

काठमाडौँ- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले इलामको माई नगरपालिका-१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-५ नयाँठिमी बस्ने २५ वर्षीया समृदी मगर, काभ्रेको भुम्लु गाउँपालिका-४ कोशीपारी ठेगाना भएका काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी र भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-५ नयाँठिमी बस्ने २५ वर्षीया बर्षा दर्जीलाई पक्राउ गरेको हो।

आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई बर्षाले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी मंसिर ६ गते कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनी डर त्रास देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुली गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार उक्त कार्यमा संलग्न समृदी र दिपेन्द्र दर्जीलाई मंगलबार तथा बर्षालाई बुधबार भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ बाट पक्राउ गरिएको हो। प्रहरीले उनीहरूको साथबाट एनआईसी एसिया बैंकको बर्षा दर्जीको नाममा काटी दिएको ७५ हजार रूपैयाँको चेक १ थान, नगद २० हजार ५ सय र मोबाइल ४ थान बरामद गरेको छ।

उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।

प्रकाशित: १३ मंसिर २०८१ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast