भक्तपुर- मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
काठमाडौँतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका-५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका हुन्। उनकी श्रीमती नवीनाको मृत्यु भएको छ।
घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ।
प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका-४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित: १३ मंसिर २०८१ १०:०९
प्रतिक्रिया