आईसीसी टेस्ट रैंकिङमा बुमराह शीर्ष स्थानमा

हिमाल प्रेस १२ मंसिर २०८१ १५:२५
8
SHARES
आईसीसी टेस्ट रैंकिङमा बुमराह शीर्ष स्थानमा

काठमाडौँ- भारतीय क्रिकेट खेलाडी जसप्रीत बुमराह विश्वको शीर्ष बलर बनेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको टेस्ट बलरहरूको रैंकिङमा बुमराह शीर्ष स्थानमा पुगेका हुन्।

बुमराहको ८७२ अंक छ। हालै पर्थ टेस्टमा अस्ट्रेलियाविरूद्ध ८ विकेट लिएर उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। बुमराह दुई स्थान उक्लिएर टेस्ट क्रिकेटमा विश्वकै पहिलो बलर बनेका हुन्।

८७२ अंकसहित दक्षिण अफ्रिकाका कगिसो राबाडा दोस्रो स्थानमा छन्। यसअघि उनी पहिलो स्थानमा थिए।

अस्ट्रेलियाका जौस हैजलवुड आईसीसी रैकिंङमा तेस्रो स्थानमा छन्। उनको ८६० अंक छ। त्यस्तै भारतका स्पिनर रवीचन्द्रन अश्विन ८०७ अंकसहित चौथौं स्थानमा रहेका छन्।

श्रीलंकाका प्रभावत जयसूर्या पाँचौँ, अस्ट्रेलियाका पैट कमिन्स छैठौँ, भारतका रवीन्द्र जडेजा सातौँ, अस्ट्रेलियाका नाथन लियोन आठौँ, पाकिस्तानका नोमान अली नवौँ र न्युजिल्यान्डका माट हेनरी आईसीसी रैंकिङको दशौँ स्थानमा रहेका छन्।

प्रकाशित: १२ मंसिर २०८१ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast