उपराष्ट्रपति रामसहायप्रसाद यादव र यूएई राजदूतसँग शिष्टाचार भेटघाट

हिमाल प्रेस १२ मंसिर २०८१ १०:३५
4
SHARES
उपराष्ट्रपति रामसहायप्रसाद यादव र यूएई राजदूतसँग शिष्टाचार भेटघाट उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेट गर्नुहुँदै नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शम्स। तस्बिरः उपराष्ट्रपतिको निजी सचिवालय

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शम्सीसँग शिष्टाचार भेटघाट भएका छन्।

भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, श्रम र आर्थिक सम्बन्धलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।

उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अरब इमिरेट्सबिच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत् सम्बन्ध रही आएकोमा सन्तोष व्यक्त गर्दै भने, ‘दुई मित्रवत् देशबिचको उच्चस्तरीय भ्रमण आदानप्रदानले एकआपसमा सहकार्यका लागि थप अवसर प्रदान गर्दै आएको छ।’

उनले यूएईको ५३औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना दिँदै हालै ‘फ्लाई दुबई’ ले गौतमबुद्ध विमानस्थलमा सिधा उडान सुरु गरेकोमा हार्दिक धन्यवाद दिए। साथै ‘एयर अरेबिया’ को उडान सञ्चालन गर्न महामहिम राजदूतको समन्वय तथा सहकार्यका लागि उहाँले अनुरोध गरे।

प्रकाशित: १२ मंसिर २०८१ १०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast