काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भोलि (मंगलबार) काठमाडौँ ल्याइने भएको छ। सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार बिहान ८ः४० बजेको विमानबाट काठमाडौँ ल्याइनेछ।
आइतबारमात्रै उनलाई कास्की जिल्ला अदालतले १५ दिनको म्याद थपेको छ। काठमाडौँमा भने स्वर्णलक्ष्मी सहकारीको रकम पनि गोर्खा मिडिया प्रालिमा गएको र हिनामिना भएको भन्दै अनुसन्धानका लागि लामिछानेलाई ल्याउन लागिएको हो। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ।
रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो। कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।
त्यसपछि दोस्रोपटक ७ दिनको म्याद थपिएकोमा तेस्रोपटक १० दिन र चौथोपटक १३ दिन म्याद थपिएको थियो।
रविले याचना गरिरहँदा न्यायाधीशले भने- मैले छाडे पनि तपाईंलाई फेरि समाइहाल्छन् (सवालजवाफसहित)