एनपीएलका लागि टिकट दर सार्वजनिक, कति छ टिकट मूल्य?

हिमाल प्रेस १० मंसिर २०८१ २१:१८
26
SHARES
एनपीएलका लागि टिकट दर सार्वजनिक, कति छ टिकट मूल्य?

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट दर तय भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार आगामी १५ गतेदेखि सुरू हुन लागेको एनपीएलको पहिलो संस्करणका लागि टिकट दर तय भएको जनाएको हो।

क्यानका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा सामान्यतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रूपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ। त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रूपैयाँ टिकक मूल्य राखिएको छ।

प्लेअफ खेलका लागि सामान्यतर्फ पाँच सय र भीआईपीतर्फ सात सय रूपैयाँ निर्धारण गरिएको क्यानले जनाएको छ। प्रतियोगिताको फाइनल खेलका लागि सामान्यतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रूपैयाँ टिकट मूल्य तोकिएको छ।

प्रतियोगिताका लागि सिजनल पासको समेत व्यवस्था गरिएको छ। सिजनल पास खरिद गर्दा सामान्य र भीआईपीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको क्यानले बताएको छ।

सिजनल पास खरिद गर्दा सामान्यतर्फ चार हजार ४८० र भीआईपीतर्फ आठ हजार २४० रूपैयाँ तिर्नुपर्ने हुन्छ। सिजनल पास खरिद गर्नेलाई एक्रिडिटेसन कार्ड र आधिकारिक मर्चन्डाइजको व्यवस्थासमेत गरिने क्यानले जनाएको छ।

प्रकाशित: १० मंसिर २०८१ २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast