मधेश प्रदेशमा सरकार बनाउन कांग्रेसले अग्रसरता लिनुपर्छ : निधि

हिमाल प्रेस १० मंसिर २०८१ १७:१८
74
SHARES
मधेश प्रदेशमा सरकार बनाउन कांग्रेसले अग्रसरता लिनुपर्छ : निधि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन अग्रसरता लिनुपर्ने बताएका छन्।

सोमबार जनकपुरधाम उपमहानगरपालिका–२५ मा दिवंगत नेता ठाकुरको शालिक अनावरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

कांग्रेसका लागि मधेश उर्वरभूमि भए पनि सरकार बनाउन नसकेको भन्दै उनले कांग्रेसको नेतृत्वमा सरकार बनाउन अग्रसरता लिनुपर्ने उल्लेख गरे।

मधेशमा कांग्रेस नजितेसम्म देश कांग्रेसमय नहुने उनले बताए। निधिले भने,‘कांग्रेसका लागि मधेश उर्वरभूमि हो हामी भन्छौँ, अहिलेसम्म कांग्रेसको नेतृत्वमा सरकार बन्नसकेको छैन। आगामी निर्वाचनमा कांग्रेसले बहुमत पाउने गरी अहिलेदेखि सबै जुटौँ।’

निधिले संघीयताको सफल कार्यान्वयनका लागि सबै प्रदेशलाई अधिकारसम्पन्न बनाउनतर्फ संघीय सरकार गम्भीर हुनुपर्ने जिकिर गरे। प्रदेशहरूको आफ्नो प्रहरी र प्रशासन नहुन्जेल संघीयता मजबुत हुन नसक्ने उनको भनाइ थियो।

‘सातै प्रदेशमा आफ्नै प्रहरी, आफ्नै प्रशासन हुनुपर्छ, संघीयता कार्यान्वयनका लागि यो प्रारम्भिक विन्दु हो,’ सभापति देउवालाई निधिले भने, ‘यसकालागि कांग्रेसले अग्रसरता लिनुपर्‍यो, पार्टी त अरू पनि छन्। तर, कांग्रेस लोकतान्त्रिक पार्टी हो, संघीयताको सफल कार्यान्वयनका लागि कांग्रेसले अग्रसरता लिनुपर्छ।’

नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सफल कार्यान्वयन दिवंगत नेता ठाकुरप्रति सही अर्थमा श्रद्धाञ्जली हुने उल्लेख गरे।

अरविन्द ठाकुरजस्ता मानिसहरूको योगदान, त्याग तपस्याका कारण अहिलेको राजनीतिक उपलब्धिहरू प्राप्त भएको उनले बताए।

प्रकाशित: १० मंसिर २०८१ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast