बोर्डर–गावस्कर श्रृंखला : पर्थ टेस्टमा भारतसँग अस्ट्रेलिया पराजित

हिमाल प्रेस १० मंसिर २०८१ १४:२८
12
SHARES
बोर्डर–गावस्कर श्रृंखला : पर्थ टेस्टमा भारतसँग अस्ट्रेलिया पराजित

काठमाडौँ- बोर्डर–गावस्कर श्रृंखलाको पहिलो टेस्ट म्याचमा भारतले घरेलु टोली अस्ट्रेलियालाई पराजित गरेको छ। पर्थको अप्टस मैदानमा भारतले घरेलु टोली अस्ट्रेलियालाई २९५ रनको अन्तरले पराजित गरेको हो।

पर्थको अप्टस मैदानमा अस्ट्रेलिया पहिलोपटक टेस्ट म्याचमा पराजित भएको हो।

टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा १५० रनमात्रै बनाएको थियो। जवाफमा ब्याटिङका लागि उत्रिएको अस्ट्रेलियाले १०४ रन बनायो।

भारतले दोस्रो इनिङमा ४८७ रनको अग्रता लिएर इनिङ घोषित गरेको थियो। त्यसपछि ५३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २३८ रनमा अलआउट भयो।

दोस्रो इनिङमा भारतका लागि कप्तान जसप्रीत बुमराह र मोहम्मद सिराजले तीन–तीन विकेट लिए। वासिङटन सुन्दरले २ र हर्षित राना र नितिश रेड्डीले १–१ विकेट लिए।

अस्ट्रेलियाका लागि ट्रेविस हेडले सर्वाधिक ८९ रन बनाउँदा मिचेल मार्शले ४७ रन जोडे।

भारतका लागि दोस्रो इनिङमा यशस्वी जयसवालले १६१, विराट कोहलीले १०० र केएल राहुलले ७७ रन बनाए।

प्रकाशित: १० मंसिर २०८१ १४:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast