बालेनले एमालेलाई हुलाकबाट पठाए पत्र

हिमाल प्रेस १० मंसिर २०८१ १४:२२
36
SHARES
बालेनले एमालेलाई हुलाकबाट पठाए पत्र केपी शर्मा ओली र बालेन शाह।

काठमाडौँ– काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले नेकपा एमालेलाई जरिबाना गरेको पत्र हुलाक र इमेलबाट पठाएका छन्।

यसअघि महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलबाट सूचना पठाइएको हो। एमालेले आफूहरु आयोजक नभएको बताउँदै सूचना बुझ्न अस्वीकार गरेको थियो।

गत मंसिर ७ गते काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जागरण सभामा फोहार गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई १ लाख जरिबाना गरेको थियो। एमालेले भने मेयर शाहले आफ्नो पार्टीमाथि पूर्वाग्रह राखेर जरिबाना गरेको आरोप लगाउँदै आएको छ।

प्रकाशित: १० मंसिर २०८१ १४:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast