रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

हिमाल प्रेस ९ मंसिर २०८१ १५:१९ | Sunday, November 24, 2024
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति रवि लामिछाने। फाइल तस्बिर

पोखरा- सहकारी बचतकर्ताको रकम अपचलनमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

यसअघि गत कात्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।

रवि लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईंलाई पनि १५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। लामिछाने र जोशीविरुद्ध चितवनको सहरा बचतको रकम अपचलन आरोपमा चितवन जिल्ला अदालतबाट पनि पक्राउ पूर्जी जारी भएको छ। त्यस्तै लामिछानेलाई काठमाडौँ पनि ल्याउने तयारी छ।

प्रकाशित: ९ मंसिर २०८१ १५:१९ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast