घरेलु मैदानमा म्यानचेस्टर सिटीको ४-० को लज्जास्पद हार

हिमाल प्रेस ९ मंसिर २०८१ ८:४५
10
SHARES
घरेलु मैदानमा म्यानचेस्टर सिटीको ४-० को लज्जास्पद हार

काठमाडौँ- टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीमाथि सानदार जित निकालेको छ। सिटीले घरेलु मैदानमा ४-० को लज्जास्पद हार बेहोरेको हो।

इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा टोटेनहमलाई जिताउन जेम्स म्याडिसनले दुई तथा पेड्रो पोरो र ब्रेनन जोन्सनले समान एक गोल गरे। पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो।

खेलको २०औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै टोटेनहमलाई अगाडि बढाए। उनले डिजान कुलुसेभ्स्कीको पासलाई सदुपयोग गरे। २०औं मिनेटमा म्याडिसनले कप्तान ह्युङ मिन सनको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दा टोटेनहम पहिलो हाफमा २-० ले अघि बढ्यो।

५२औं मिनेटमा पेड्रो पोरोले गोल गरेपछि सिटी खेलमा ३-० ले पछि पर्‍यो। टोटेनहम यतिमै रोकिएन। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा परिवर्तित खेलाडी ब्रेननले गोल गर्दै सिटीलाई ४-० को लज्जास्पद हार चखाए। ६३औं मिनेटमा सनको स्थानमा मैदान छिरेका ब्रेननले टिमो वेर्नरको पासलाई सदुपयोग गरेका थिए।

यस जितसँगै टोटेनहम १२ खेलबाट १९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। पछिल्लो पाँच खेलमा पराजित भएको सिटी १२ खेलबाट २३ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ। सिटी शीर्षस्थानको लिभरपुलसँग ५ अंकले पछि छ। लिभरपुलले अझै एक खेल कम खेलेको छ।

प्रकाशित: ९ मंसिर २०८१ ८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast