प्रियंका गान्धी चार लाखबढी मतको अन्तरले निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०८१ १९:२७
30
SHARES
प्रियंका गान्धी चार लाखबढी मतको अन्तरले निर्वाचित प्रियंका गान्धी

काठमाडौँ- भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी लोकसभा उपनिर्वाचनमा निर्वाचित भएकी छन्। उनी केरलको वायनाड निर्वाचन क्षेत्रबाट लोकसभा सदस्यमा निर्वाचित भएकी हुन्।

उत्तर प्रदेशको रायबरेलीबाट समेत निर्वाचित भएका कांग्रेस नेता राहुल गान्धीले वायनाड सिट छोडेपछि उपनिर्वाचन भएको हो। वायनाड उपनिर्वाचनमा कांग्रेसले राहुलकी बहिनी एवं वरिष्ठ नेता सोनिया गान्धीकी छोरी प्रियंकालाई उम्मेदवार बनाएको थियो।

प्रियंका प्रतिद्वन्द्वी उम्मेदवारलाई चार लाखभन्दा बढी मतान्तरले पराजित गर्दै लोकसभा सदस्यमा निर्वाचित भएकी हुन्। यो आँकडा यसअघि वायनाडबाट निर्वाचित भएका राहुलभन्दा बढी हो। प्रियंकाले ६ लाख २० हजारभन्दा बढी मत प्राप्त गरेकी छन्।

वायनाडमा दोस्रो स्थानमा कम्युनिस्ट पार्टीका सत्यन मोकेरी र तेस्रो स्थानमा भारतीय जनता पार्टी (भाजपा) की नाव्या हरिदास छन्।

सन् २०१९ मा राहुलले अमेठी र वायनाड दुवै सिटबाट चुनाव लडेका थिए। दुई स्थानबाट राहुलले चुनाव लडेको त्यो पहिलोपटक थियो। अमेठीबाट उनले भाजपाकी स्मृति इरानीबाट पराजय भोग्नु परेको थियो।

सन् २०२४ मा राहुलले आफ्नी आमा सोनिया गान्धीको रायबरेली र केरलको वायनाडबाट चुनाव लडेका थिए। योपालि उनले दुवै स्थानमा जित हासिल गरेका थिए। उनले वायनाड सिट छोडेपछि भएको उपचुनावमा प्रियंकाले जित हासिल गरेका हुन्।

दुई दशक बढीदेखि अनौपचारिक रूपमा राजनीतिमा रहे पनि प्रियंकाले चुनावमा पहिलोपटक प्रतिस्पर्धा गरेकी हुन्। १६ वर्षको उमेरमा पहिलोपटक राजनीतिक भाषण दिएकी उनले आमा सोनिया र दाइ राहुलको चुनाव प्रचारमा खटेकी थिइन्। यसपालि उनले चुनावको क्रममा ‘लडकी हुँ लड सकती हुँ’ अर्थात ‘छोरी हुँ, लड्नसक्छु’ चलाएको अभियान धेरैले रूचाएका थिए। समर्थकहरू उनलाई हजुरआमा स्वर्गीय इन्दिरा गान्धीको छायाँ अवतार भनेर प्रशंसा गर्ने गरेका छन्।

प्रकाशित: ८ मंसिर २०८१ १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast