काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (शनिबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।
कालिमाटीमा आज कन्य च्याउ, तने बोडी लगायतका तरकारीको मूल्य थोरै घटेको छ। तर, गाँजर, साग लगायत धेरैजसो तरकारीको मूल्य भने बढेको छ।
कालिमाटीमा आज सानो लोकल गोलभेँडा ६५, रातो आलु ७०, सेतो आलु ५७, सुकेको भारतीय प्याज १०९, लोकल गाँजर १७०, बन्दा ९५, तराईको काउली १०५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरी सेतो मुला ३५, लाम्चो भन्टा ६५, तने बोडी १३०, करेला १२२, हरियो फर्सी ६५, स्कुस २५, रायोको साग ४५, चम्सुरको साग ११०, कन्य च्याउ २००, डल्ले च्याउ ३७६, कुरिलो ११५०, ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो छ। यो सबै थोकको औसत मूल्य हो।
हिजो कालिमाटीमा ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ६७, रातो आलु ६८, सेतो आलु ५९, सुकेको भारतीय प्याज १११, लोकल गाँजर १५०, तराईको बन्दा ८५, काउली ११०, रातो मुला ४५, सेतो मुला ३५, लाम्चो भन्टा ५५, तने बोडी १४५, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरी करेला, परबल र लौका ९५, घिरौँला ७५, हरियो फर्सी ५५, भिन्डी १२५, स्कुस २५, रायोको साग ३६, पालुंगोको साग ९५, कन्य च्याउ २१०, डल्ले च्याउ ३७६, कुरिलो ११५०, ब्रोकाउली १५० रुपैयाँ पैतिकिलो छ। थोकमा किनबेच भएको थियो।