सभामुख घिमिरे पनि कम्बोडिया लागे

हिमाल प्रेस ८ मंसिर २०८१ ६:५०
6
SHARES
सभामुख घिमिरे पनि कम्बोडिया लागे

काठमाडौँ- सभामुख देवराज घिमिरे कम्बोडिया प्रस्थान गरेका छन्।

मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को एघारौं पूर्ण सत्रमा सहभागी हुन सभामुख घिमिरे त्यसतर्फ प्रस्थान गरेका हुन्।

५ सदस्यीय संसदीय प्रतिनिधिमण्डलसहित घिमिरे बिहीबार बेलुका त्यसतर्फ प्रस्थान गरेका हुन्। बैठकमा नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: ८ मंसिर २०८१ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast