काठमाडौँ- नेपालका लागि तीन देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित छुट्टाछुट्टै समारोहमा इजरायल, स्पेन र न्युजिल्यान्डका राजदूतले ओहदाको प्रमाणपत्र पेश गरेका हुन्।
इजरायलका स्मुलिक ऐरी बास, स्पेनका जुआन एन्टोनियो मार्क पुजोल र न्युजिल्यान्का प्याट्रिक जौन राटाले राष्ट्रपति पौडेलसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका हुन्।
प्रकाशित: ७ मंसिर २०८१ १६:५३
प्रतिक्रिया