प्रधानमन्त्री ओलीले भने : कांग्रेस-एमालेको गठबन्धन २०८४ को निर्वाचनसम्मै रहन्छ

हिमाल प्रेस ७ मंसिर २०८१ १५:१४
18
SHARES
प्रधानमन्त्री ओलीले भने : कांग्रेस-एमालेको गठबन्धन २०८४ को निर्वाचनसम्मै रहन्छ केपी शर्मा ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमनमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको समीकरण ०८४ को निर्वाचनसम्म रहने दाबी गरेका छन्। शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले आगामी फागुनसम्म सरकार रहने हल्ला गरिएको भन्दै सरकार कायम रहने बुझन आग्रह गरे।

‘फागुनको कुरा होइन, ०८४ को मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ। सबैले बुझे हुन्छ। कान खोलेर सुने हुन्छ,’ उनले भने।

ओलीले अब १८ महिना चलाएर देउवालाई जिम्मा लगाउने बताए। ‘०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु। अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौँ’ उनले भने।

प्रकाशित: ७ मंसिर २०८१ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast