तेह्रथुम एमालेमा केपी ओलीकै समर्थन पाएका श्रेष्ठ पराजित

हिमाल प्रेस ७ मंसिर २०८१ ९:४८
30
SHARES
तेह्रथुम एमालेमा केपी ओलीकै समर्थन पाएका श्रेष्ठ पराजित

काठमाडौँ- नेकपा एमाले तेह्रथुम पार्टी अध्यक्षमा शिवप्रसाद ढुंगाना निर्वाचित भएका छन्।

उनले केपी ओली निकट उम्मेदवार गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै जिल्ला कमिटी अध्यक्ष बन्न सफल भएका हुन्। संस्थापन पक्षधर श्रेष्ठले २ सय ४ मत प्राप्त गर्दा ढुंगानाले २ सय ३६ मत प्राप्त गरेका थिए। तेह्रथुम ओलीको जन्म जिल्ला हो। यसैले पनि ओली आफूले चाहेको व्यक्ति अध्यक्ष बनाउन चाहन्थे।

त्यस्तै श्रेष्ठ प्यानलका तारामान मादेन सचिवमा निर्वाचित भए। उनले २ सय २८ मतसहित जित निकाल्दा ढुंंगाना प्यानलका छत्र रिमालले २ सय २ मत प्राप्त गरेका थिए।

उपसचिवमा ढुंगाना प्यानलका यादवबहादुर खापुङ २ सय २० मत ल्याएर विजयी हुँदा श्रेष्ठ प्यानलबाट लडेका अर्जुन ढुंगानाले २ सय ८ मत प्राप्त गरेका थिए। महिला उपसचिवमा श्रेष्ठ प्यानलबाट तारा ढकाल १ सय ७५ मत ल्याएर निर्वाचित हुँदा उपाध्यक्षमा भने सन्तोष तिगेला निर्विरोध निर्वाचित भएका थिए।

दुई दिनदेखि जारी जिल्ला अधिवेशनमा मंगलबार र बुधबार सहमतिको प्रयास गरेको भए पनि अध्यक्षका प्रत्यासीहरू गोविन्दराज श्रेष्ठ र शिवप्रसाद ढुंगानाबीच सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्व चयन भएको हो।

प्रकाशित: ७ मंसिर २०८१ ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast