दाङमा धान उत्पादन बढ्यो

हिमाल प्रेस ७ मंसिर २०८१ ९:२९ | Friday, November 22, 2024
दाङमा धान उत्पादन बढ्यो फाइल तस्बिर

दाङ- गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ। यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। पर्याप्त वर्षा र समयमै मलको उपलब्धताले उत्पादन बढेको हो। यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२ जातका धान लगाएका थिए। स्थानीय जातका धानका खेती गरेका थिए।

जिल्लाको ३९ हजार चार सय हेक्टर जग्गा धानखेतीका लागि उपयुक्त भए पनि ३६ हजार पाँच सय हेक्टरमा मात्र धानखेती सीमित छ। किसानले धान रोप्ने खेतमा मौसमी र बेमौसमी सागसब्जी लगाउने गरेका छन्।

प्रकाशित: ७ मंसिर २०८१ ९:२९ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast