एमालेको जनसभा दरबारमार्गमा, ५० हजार कार्यकर्ता उतार्ने योजना

हिमाल प्रेस ६ मंसिर २०८१ २१:१८
8
SHARES
एमालेको जनसभा दरबारमार्गमा, ५० हजार कार्यकर्ता उतार्ने योजना नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बिहीबार हुन लागेको जनसभाको तयारी पूरा भएको जनाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जनसभाको तयारी पूरा भएको बताएका हुन्।

उनले दरबारमार्गमा बिहीबार दिउँसो हुने जनसभामा ५० हजार कार्यकर्ता उतार्ने लक्ष्य लिइएको जानकारी दिए। विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरूक बनाउने उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको उनले बताए।

जनसभामा लक्ष्यअनुसार कार्यकर्ताको उपस्थितिका लागि काठमाडौँ, भक्तपुर, ललितपुर, नगर, गाउँपालिका, जनसंगठनलगायतको बैठक गरेर आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने गौतमले उल्लेख गरेका छन्।

कम ट्राफिक हुने भएकाले पार्टी कार्यकर्ताहरूको सुझावअनुसार दरबारमार्गमा जनसभा गर्न लागिएको एमालेले जनाएको छ। यसअघि भृकुटीमण्डपमा जनसभा गर्ने कार्यक्रम एमालेले सार्वजनिक गरेको थियो।

प्रकाशित: ६ मंसिर २०८१ २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast