एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

हिमाल प्रेस ६ मंसिर २०८१ १६:१४
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

काठमाडौँ- एनसेलका ग्राहकहरूले एक नयाँ विशेष सुविधाबाट फाइदा लिनसक्ने भएका छन्। यो सुविधाअन्तर्गत ग्राहकहरूले आफ्नो ‘सधैँ अन प्याक’ मा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आवश्यकताअनुसार साटेर फाइदा लिनसक्ने भएका हुन्।

सधैँ अनमा ग्राहकहरूले प्याकअनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेको एनसेलले जनाएको छ। सेवा प्रयोग गर्दा डेटा सकेको तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सकिने एनसेलले बताएको छ। त्यस्तै बाँकी डेटालाई पनि भ्वाइसमा रूपान्तरण गर्न सकिने छ।

एनसेलका अनुसार यो सुविधा ‘सधैँ अन’ का रू. ३९९, रू.४९९ र रू. ५९९ का प्याकहरूमा मान्य हुनेछन्। ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’ मा गई आफूलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्ने एनसेलले जनाएको छ।

आफूसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशतसम्मको सेवा आफूलाई आवश्यक सेवाअनुसार साट्न सकिने सुविधा ल्याइएको एनसेलको भनाइ छ।

यसका साथै एनसेल एप एनसेल डेटामा प्रयोग गर्दा कुनै शुल्क नलाग्ने जनाउँदै एनसेलले ग्राहकले पहिलोपटक यो एप डाउनलाउड गर्दा एक जीबी डेटा पनि निःशुल्क पाउने जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८१ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast