विकास निर्माणका नाममा जथाभावी मेसिन प्रयोग गर्नु घातकः उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस ६ मंसिर २०८१ १५:४४
14
SHARES
विकास निर्माणका नाममा जथाभावी मेसिन प्रयोग गर्नु घातकः उपप्रधानमन्त्री सिंह प्रकाशमान सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका कामहरू गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौँमा प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले जथाभावी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्हरूको सामना गर्नुपरेको बताए।

उनले गत असोजमा आएको बाढी, पहिरोले बाटो र सडक निर्माण गर्नु मात्र विकास र समस्याको समाधान होइन भन्ने पुष्टि गरेको बताए। नेपालको भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्र विकास निर्माणका कामहरू गर्नुपर्ने भन्दै हतारमा मेसिनहरूको प्रयोग गर्नु घातक हुने उनले उल्लेख गरे।

उनले भने, ‘गाउँपालिका तथा नगरपालिकाहरूमा जुन बाटो हामीले बनाइरहेका छौँ त्यसका कारणले भूक्षय हुने, बाढी पहिरो जाने समस्याहरू देखिरहेका छौँ। जुन हिसाबको हाम्रो भौगोलिक अवस्थिति छ, यसमा पनि हामीले गम्भीर भएर सोचेर मात्र विकास निर्माणका कामहरू गर्नुपर्दछ भन्ने मलाई लाग्दछ। हतारमा मेसिनहरूको प्रयोगमात्र गरेर हुँदैन। विकास निर्माणका कामको दिगोपना पनि त हामीले याद गर्नुपर्‍यो नि त।’

नेपालमा सडक तथा बाटो निर्माण गर्दा मेसिनहरूभन्दा जनशक्ति उपयोग गरेर निर्माण गर्दा दिगो एवं प्रकृतिमैत्री हुने उनकाे भनाइ छ।

प्रकाशित: ६ मंसिर २०८१ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast