चीन भ्रमणका एजेन्डा अनुमोदनका लागि मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस ६ मंसिर २०८१ १०:१८
4
SHARES
चीन भ्रमणका एजेन्डा अनुमोदनका लागि मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल हुने बताइएको छ।

साथै बैठकमा मन्त्रालयगत नियमित एजेन्डामा पनि छलफल र अनुमोदन हुने जनाइएको छ। यसअघि मंगलबार बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको थियो।

प्रकाशित: ६ मंसिर २०८१ १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast