
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ।
लामिछानेसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन्। लामिछानेसहित १० जनाविरुद्ध पुरक जाहेरी आएको चितवनका एसपी गौतम मिश्रले बताए।
सहारा चितवनबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार अवैध तरिकाले गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ। गोरखा मिडियाका सञ्चालक लामिछाने र जोशी अहिले प्रहरीको हिरासतमा छन्। प्रहरीले उनीहरुविरुद्ध सुर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ६ मंसिर २०८१ ६:३०
प्रतिक्रिया