जिसस कैलालीको प्रमुखमा कांग्रेस उम्मेदवार टीकाकुमारी निर्विरोध निर्वाचित

हिमाल प्रेस ५ मंसिर २०८१ १५:१७
10
SHARES
जिसस कैलालीको प्रमुखमा कांग्रेस उम्मेदवार टीकाकुमारी निर्विरोध निर्वाचित

काठमाडौँ- जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन्।

नागरिक उन्मुक्ति पार्टीबाट प्रमुख पदकी उम्मेदवार रूपमति डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि भुल निर्विरोध निर्वाचित भएकी हुन्। थारूले बुधबार उम्मेदवारी फिर्ता लिएकी हुन्।

मुख्य निर्वाचन अधिकृत प्रेमराज भट्टले नागरिक उन्मुक्ति पार्टीका उम्मेदबारले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी भुल जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्विरोध निर्वाचित भएको बताएका छन्।

जिसस प्रमुखकाका लागि कांग्रेसबाट भुल र नागरिक उन्मुक्ति पार्टीबाट थारूको उम्मेदवारी दर्ता भएको थियो।

कांग्रेसकी भुललाई नेकपा एमालेले समर्थन गरेको थियो। एमालेको समर्थनपछि कांग्रेस उम्मेदवार निर्वाचित हुने निश्चित भएपछि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी फिर्ता लिएको बताइएको छ।

प्रकाशित: ५ मंसिर २०८१ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast