काठमाडौँ- धादिङस्थित थाक्रे गाउँपालिकाले दृष्टि र श्रवणसम्बन्धी अपाङ्गता भएका विद्यार्थीको विवरण पठाउन आज (मंसिर ५ गते) सबै सामुदायिक विद्यालयहरूलाई अनुरोध गरेको छ।
गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत दृष्टि र श्रवणसम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्न सामुदायिक विद्यालयमा अध्ययनरत दृष्टि र श्रवणसम्बन्धी अपाङ्गता भएका विद्यार्थीको विवरण तोकिएको ढाँचामा ७ दिनभित्र पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा उपलब्ध गराइदिन अनुरोध गरिएको छ।
विद्यालयको नाम र ठेगाना, विद्यार्थीको नाम, कक्षा, अध्ययनरत अपाङ्गताको किसिम, आवश्यक पर्ने शैक्षिक कैफियत सामग्रीको नाम र स्पेसिफिकेशन विवरणमा उल्लेख गर्नुपर्ने छ।
प्रकाशित: ५ मंसिर २०८१ १२:५२
प्रतिक्रिया