तीनपटक विज्ञापन गरेपछि दाप्चा माविले पायो गणित शिक्षक

हिमाल प्रेस ५ मंसिर २०८१ १२:२४
512
SHARES
तीनपटक विज्ञापन गरेपछि दाप्चा माविले पायो गणित शिक्षक

काठमाडौँ- काभ्रेपलाञ्चोकको दाप्चा माध्यमिक विद्यालयले तीनपटक विज्ञापन गरेपछि गणित शिक्षक पाएको छ।

नमोबुद्ध-८ मा रहेको दाप्चा माविले संघीय अनुदान कोटामा माध्यमिक तहका लागि गणित विषयको शिक्षकका लागि गत कात्तिक १२ गते दरखास्त आह्वान गरेको थियो।

मंगलबार (मंसिर ४ गते) शिव चापागाईंलाई विद्यालयले गणित विषय शिक्षक नियुक्त गरेको छ।

विद्यालयले गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन गर्नुपरेको थियो। शिक्षक चापागाईंलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिअसं अध्यक्ष, विव्यस पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शैक्षिक संयोजक लगायत अन्य शिक्षकहरूले विद्यालयमा स्वागत गरेका थिए।

उनलाई मंसिर ४ गतेदेखि लागू हुनेगरी नियुक्तिपत्र प्रदान गरिनुका साथै हाजिरी गराएर सो को जानकारी नमोबुद्ध नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र सम्बन्धित निकायमा गरिएको विद्यालयले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८१ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast