बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित

हिमाल प्रेस ५ मंसिर २०८१ १०:०१
2
SHARE
बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित

तनहुँ- भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढीपहिरोबाट विस्थापित भएका छन्। भीमादका नगरप्रमुख दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश दलित समुदायका घर भत्किँदा उनीहरू विस्थापित भएका हुन्।

‘विस्थापित घरपरिवारको तथ्यांक संकलन भइसकेको छ, विस्थापित परिवारसँग छलफल गरी समस्या समाधानतर्फ लाग्ने छौँ,’ उनी भन्छन्, ‘तीस घरका एक सय ५० जना विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानका स्थानान्तरण गर्ने प्रयास जारी छ।’

यसैबीच, बाढीपहिरोले भीमाद नगरपालिका क्षेत्रका ३५ वटा खानेपानीका आयोजनामा क्षति भएको छ। नगरपालिकाले खानेपानी आयोजनाको मर्मतसम्भारका लागि विनियोजन गरेको ५० लाख रुपैयाँ अपुग भएकाले विकास– निर्माणका निम्ति छुट्याइएको रकम गर्नुपरेको नगरप्रमुख सुवेदीले बताए।

अधिकांश आयोजनाको मर्मतसम्भार अन्तिम चरणमा पुगेका र केही मर्मतका क्रममा रहेका उनले बताए।

प्रकाशित: ५ मंसिर २०८१ १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast