सुनसरीमा भारतीय जिपले ठक्कर दिँदा सिटी सफारीका चालकको मृत्यु

हिमाल प्रेस ४ मंसिर २०८१ २०:१०
14
SHARES
सुनसरीमा भारतीय जिपले ठक्कर दिँदा सिटी सफारीका चालकको मृत्यु

धरान (सुनसरी)- सुनसरीको रामधुनी नगरपालिका-२ शिवचोकस्थित भारतीय जिपले सिटी सफारीलाई ठक्कर दिँदा सफारी चालकको मृत्यु भएको छ।

रामधुनी नगरपालिका शिवचोकबाट पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००४ ख ४३१५ नम्बरको सिटी सफारीलाई पूर्वतर्फ जाँदै गरेको यूपी १६ इके १९८९ नम्बरको भारतीय स्करपियो गाडीले सिटीलाई म‌ंगलबार ठक्कर दिएको हो।

ठक्करबाट सफारी चालक रामधुनी नगरपालिका–९ निवासी ३६ वर्षीया सोनियाकुमारी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए।

स्कारपियो गाडी ठक्करबाट गम्भीर घाइते सफारी चालकलाई उपचारका लागि स्थानीय हस्पिटल ओमसाई झुम्कामा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक तिमल्सिनाले जानकारी दिए।

ठक्कर दिने गाडी र चालक भारत विहार सीतामढी सोनबरजा बस्ने ३४ वर्षीय अनिरुद्र सुढीलाई प्रहरीले नियन्त्रणामा लिएको छ। इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको उपरीक्षक तिमल्सिनाले बताए।

प्रकाशित: ४ मंसिर २०८१ २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast