डडेल्धुरा जिप दुर्घटना : दुई जनाको मृत्यु, सात घाइते

हिमाल प्रेस ४ मंसिर २०८१ १८:२५
12
SHARES
डडेल्धुरा जिप दुर्घटना : दुई जनाको मृत्यु, सात घाइते

डडेल्धुरा- डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका गइरहेको जिप परशुराम नगरपालिका-९, दैजी-जोगबुढा सडकखण्डको लिप्नामा आज (मंगलबार) दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको हो। दुर्घटनामा सात जना घाइते भएका छन्।

तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।

प्रकाशित: ४ मंसिर २०८१ १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast