एनपीएलको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स भिड्ने

हिमाल प्रेस ३ मंसिर २०८१ १९:१३
26
SHARES
एनपीएलको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स भिड्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक भएको छ। मंसिर १५ गतेदेखि काठमाडौँमा हुन लागेको एनपीएलका लागि सोमबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको हो।

सार्वजनिक तालिकाअनुसार उद्घाटन खेल जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच हुनेछ। उद्घाटन खेल दिनको १२ : १५ बजेदेखि सुरू हुने एनपीएलले जनाएको छ।

पहिलो दिन एउटा र त्यसपछि दुई खेल हुने आयोजकले जनाएको छ। हरेक दिन पहिलो खेल बिहान ९ : १५ र दोस्रो खेल दिनको १ : १५ बजे सुरू हुनेछ।

३० नोभेम्बरदेखि १६ डिसेम्बरसम्म लिग चरण र १८ डिसेम्बरमा एलिमिनेटर तथा क्वालिफायर १ राउन्डको खेल राखिएको छ। क्वालिफायर २ १९ डिसेम्बरमा हुनेछ।

२१ डिसेम्बरमा क्वालिफायर १ र क्वालिफायर २ उपाधिका लागि प्रस्पिर्धा गर्नेछ। प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ। पहिलोपटक हुन लागेको एनपीएलमा देशभरका आठ टिम सहभागी छन्।

 

प्रकाशित: ३ मंसिर २०८१ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast