
काठमाडौँ – नेपाली यू–१९ क्रिकेट टिमकी कप्तान पुजा महतो एनपीएल टिम जनकपुर बाेल्ट्सकी ‘फेस अफ द बाेल्ट्स’ बनेकी छन्।
एनपीएल टिम जनकपुर बाेल्ट्सले सोमबार महतोलाई ‘फेस अफ द बाेल्ट्स’ को रूपमा घोषणा गरेको हो।
‘पुजा महतोलाई भेटौँ, मधेशको गौरव र वोल्ट्सको जीवन्त अनुहार,’ जनकपुर बाेल्ट्सले सामाजिक सञ्जालमा लेखेको छ।
जनकपुर बाेल्ट्सले सोमबार नै टिमको जर्सीसमेत अनावरण गरेको छ। अनवारण कार्यक्रममा बाेल्ट्सले पुजालाई ‘फेस अफ द बाेल्ट्स’ घोषणा गरेको हो।
उक्त अवसरमा उनलाई पचास हजार नगद पुरस्कारसहित सम्मानसमेत गरिएको छ।
आठ टिम सहभागी एनपीएल आगामी मंसिर १५ गतेदेखि काठमाडौँमा सुरू हुँदैछ।
प्रकाशित: ३ मंसिर २०८१ १८:२०
प्रतिक्रिया