ढुंगानाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

हिमाल प्रेस ३ मंसिर २०८१ १४:४७
12
SHARES
ढुंगानाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा एमालेले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गरेको छ। एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले सोमबार विज्ञप्ति जारी गर्दै निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र न्यायिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन्। ‘सत्तापक्षको सरकार, प्रतिपक्षको सदन’ मान्यताका अनुयायी, संसदीय प्रणालीमा सभामुखको स्पष्ट मानक निर्माण गर्ने तथा सभामुखकीय तटस्थताको वकालत गर्ने स्व ढुङ्गानाको भूमिका सदैव स्मरणीय रहनेछ,’ गौतमले विज्ञप्तिमा भनेका छन्।

आइतबार ८३ वर्षको उमेरमा उपचारका क्रममा फ्रन्टलाइन अस्पतालमा उनको निधन भयो। ढुङ्गाना वरिष्ठ कानुनविद्, मानवअधिकारवादी तथा नागरिक समाजका अगुवा पनि थिए। आज सरकारले उनको निधनको शोकमा सार्वजनिक बिदासमेत दिएको छ।

प्रकाशित: ३ मंसिर २०८१ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast