‘ह्रस्व दीर्घ’ले कमायो दुई करोड, सो नथपेकोमा नीता ढुंगानाको गुनासो

हिमाल प्रेस ३ मंसिर २०८१ ८:०२
178
SHARES
‘ह्रस्व दीर्घ’ले कमायो दुई करोड, सो नथपेकोमा नीता ढुंगानाको गुनासो

काठमाडौँ- नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको पहिलो दुई दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ। निर्माताले सार्वजनिक गरेको रिपोर्टमा पहिलो दुई दिन यो फिल्मले २ करोड माथिको व्यापार गरेको छ । यो व्यापार उत्साहजनक हो।

दर्शकको उत्साहजनक साथ पाएपछि यसको टिम काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर प्रत्यक्ष प्रतिक्रिया लिएका थिए। हलमा पुगेका दर्शकले ताली र सिटीका साथ स्वागत गर्दै ‘ह्रस्व दीर्घ’को दोस्रो भाग बनाउन माग गरेका छन्। यस चलचित्रले काठमाडौं उपत्यकामा मात्र नभई नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, विराटनगर, इटहरी, धनगढी लगायतका सहरमा पनि सफल व्यापार गरेको छ।

फिल्मले उच्च अकुपेन्सीमा व्यापार गर्दा समेत शो थप नगरेको गुनासो निर्माता तथा अभिनेत्री नीता ढुंगानाले गरेकी थिइन्। उनले शनिबार नै यो गुनासो गरेता पनि आइतबार शो थप भएनन्, तर सोमबारको लागि भने केही शो थप भएको देखिएको छ।

चन्द्र पन्त निर्देशित यस फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, प्रदीप रावत, ब्रह्मानन्दम, कबिर दुहान सिंह, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, सरोज खनाल, बुद्धि तामाङ, किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ। बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालद्वारा खिचिएको छ।

प्रकाशित: ३ मंसिर २०८१ ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast