ओलीकै कार्यकालमा बन्द भयो धरहरा, बिग्रियो लिफ्ट

हिमाल प्रेस ३ मंसिर २०८१ ६:५०
10
SHARES
ओलीकै कार्यकालमा बन्द भयो धरहरा, बिग्रियो लिफ्ट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको उपलब्धिको रूपमा लिएको काठमाडौँको धरहरा उनकै कार्यकालमा बन्द भएको छ। दुई महिनाअघि सञ्चालनमा आएको धरहरा हिजो बन्द भएको हो।

लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए।

२०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो। निर्माण थालेको ६ वर्षपछि पूरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो।

तत्काल परीक्षणका लागि खुला गरिएको यस धरहरा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरेको थियो। जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरिएको थियो।

प्रकाशित: ३ मंसिर २०८१ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast