अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर र युरो घट्यो

हिमाल प्रेस ३ मंसिर २०८१ ६:३३
10
SHARES
अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर र युरो घट्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य घटबढ भएको छैन। अर्थात् आइतबारकै विनिमय दरमै यी मुद्राको कारोबार हुनेछ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य भने आज घटेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा छ। विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

त्यसैगरी आज युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ०१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९६ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ०६ पैसा छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित: ३ मंसिर २०८१ ६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast